वैज्ञानिक नाम लिलियम नेपालेन्स (Lilium nepalense) भए वाटै यो नेपालको रैथाने विरुवा हो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । बोट सामान्यतः एक मिटर जतिको हुन्छ। चिल्ला पातहरूको छेउबाट सुन्दर फूलहरू घण्टी झै तलतिर निहुरिएका हुन्छन्। ठाउँअनुसार फूलका तरेलीहरू सेतो, सुनौलो वा हल्का पहेंलो हुन्छ, तर सबैका भित्री भाग गाढा चकलेटी रङको हुन्छ। तरेलीहरू चरक्क चिरिएर पछाडि बटारिएर फक्रन्छन्। फूलका ६ वटा पुंकेशर लामा–लामा काँटीहरूमा झुण्डिन्छन्। स्त्रीकेशर तिनका माझ्बाट सलक्क बाहिर निस्केर पराग थाप्न तयार हुन्छे। यो बिरुवा वनस्पतिजगतको लिली परिवारभित्र समावेश छ। यसको गानोमा लाग्ने पोटीहरू छाती दुख्दा खाइन्छ। शरीर नातागत भएको बेला पनि वन लसुन प्रयोग हुन्छ। अहिले वन लसुनको जडीबुटी व्यापार बढ्दो छ, तर यो अति सुन्दर फूलको बिरुवाले नेपाली बगैंचासम्म प्रवेश पाउन सकेको छैन। सन् १९९०को जापान एक्स्पोमा पुरस्कृत भएको यो पुष्पले नेपाली हुलाक टिकटमा भने आफ्नो स्थान सुरक्षित पारेको छ।
ban Lasun |
ban lasun |